कालीकोटमा सुत्केरीको हवाइ उद्धार

  ।   ४ भाद्र २०८३, बिहीबार १६:२३

कालीकोट जिल्लाको रास्कोट नगरपालिकास्थित प्रादेशिक रणनीतिक अस्पतालमा उपचाररत सुत्केरी श्रीमती बिनिता प्याकुरेलको अवस्था जटिल बनेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको छ ।

सान्नीत्रिवेणी गाउँपालिका–७ निवासी नहकुल सिम्खाडाकी २१ वर्षीया श्रीमती बिनिता प्याकुरेलको लामो समयसम्म प्रसूति व्यथा लाग्दा पनि प्रसव प्रक्रिया अघि नबढेपछि बिहीबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको हो ।

अस्पतालमा उपचारका क्रममा बिनिताको प्रसूति व्यथा लामो समयसम्म अघि नबढ्नुका साथै गर्भमा रहेको बच्चाको मुटुको धड्कनसमेत अनियन्त्रित देखिएपछि आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा परेको थियो ।

अवस्था जटिल बन्दै गएपछि तत्काल थप उपचार आवश्यक देखिएकाले हवाई उद्धार गरिएको प्रादेशिक रणनीतिक रास्कोट अस्पतालका स्वास्थ्य बिमा प्रमुख तुलराज उपाध्यायले बताए |

Next Post

कर्णालीमा डुबेर दुई बालबालिका बेपत्ता

४ भाद्र २०८३, बिहीबार १६:२३
हुम्लाको खार्पुनाथ गाउँपालिका-१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बिहीबार दुई जना बालबालिका बेपत्ता भएका छन् . जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालका अनुसार खार्पुनाथ-१ का बृख शाहीकी अन्दाजी ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलको १३ वर्षीय छोरा प्रशान्त रावल कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका बताए . […]