कर्णालीमा डुबेर दुई बालबालिका बेपत्ता

  ।   ४ भाद्र २०८३, बिहीबार २०:३२

हुम्लाको खार्पुनाथ गाउँपालिका-१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बिहीबार दुई जना बालबालिका बेपत्ता भएका छन् .
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालका अनुसार खार्पुनाथ-१ का बृख शाहीकी अन्दाजी ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलको १३ वर्षीय छोरा प्रशान्त रावल कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका बताए . बेपत्ता भएको भन्ने खबर आएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको उनले बताए।

कर्णाली नदीको तीव्र बहावले दुई बालबालिकालाई बगाएको हुनसक्ने भन्दै निरन्तर खोजी भइरहेको प्रहरी प्रवक्ता ढकालले जानकारी दिए । उनका अनुसार आज बिहान करिब ११ बजेतिर खाना खाइसकेपछि नदी किनारमा नुहाउन गएका खार्पुनाथ-१ तल्लो लालीका दुई बालबालिकालाई अचानक कर्णाली नदीमा आएको बहावले बगाएको थियो।

बेपत्ता भएका दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए । नदी किनारमा पौडी खेल्ने क्रममा दुवै बालबालिकालाई कर्णाली नदीको बहावले बगाएको हुनसक्ने खार्पुनाथ-१ का वडाध्यक्ष जयबहादुर शाहीले बताए । उनका अनुसार घटना भएको खबर पाएलगत्तै स्थानीयवासी, प्रहरी प्रशासन लगायत सुरक्षाकर्मीले कर्णाली नदीको किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान तिब्र थालेका छन्।

 

Next Post

जाजरकोटमा जिप दुर्घटना, सात जना घाइते

४ भाद्र २०८३, बिहीबार २०:३२
जाजरकोट जिल्लाको नलगाड नगरपालिका–७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन्। बिहीबार साँझ करिब साढे ६ बजे नलगाड नगरपालिका–९ ताँत्राबाट दल्ली आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ […]

सम्बन्धित