जाजरकोटमा जिप दुर्घटना, सात जना घाइते

  ।   ४ भाद्र २०८३, बिहीबार २१:४६

जाजरकोट जिल्लाको नलगाड नगरपालिका–७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन्। बिहीबार साँझ करिब साढे ६ बजे नलगाड नगरपालिका–९ ताँत्राबाट दल्ली आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा नलगाड नगरपालिका–१० का २६ वर्षीय गणेश ध्यार, २५ वर्षीय बालकृष्ण बोहरा, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन्।

घाइतेमध्ये बालकृष्ण बोहराको नगर अस्पताल दल्लीमा सामान्य उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको छ। अन्य घाइतेहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Next Post

बैठक छाडेर किन गए मुस्ताङ प्रधानमन्त्रि बालेन

४ भाद्र २०८३, बिहीबार २१:४६
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज शुक्रबार बस्दैछ । बिहान ११ बजेपछि पार्टी कार्यालय वनस्थलीस्थित घण्टीघरमा बस्ने बैठकमा छलफलका एजेन्डा दर्जन भन्दा बढी रहेका छन् । तर, प्रधानमन्त्री समेत रहेका पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह भने बैठककै दिन मुस्ताङतर्फ हिँडेका छन् । प्रधानमन्त्री शाह शुक्रबार […]