नागरिकता लिनको लागि ज्वाइँलाई छोरा बनाउँदा

  ।   २१ आश्विन २०७७, बुधबार ०६:३६

मनोज डाँगी

असोज २१,सल्यान

ज्वाईलाई छोरा भनेर नागरिकता बनाएको आरोपमा सल्यान प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका वडा नं-७, बस्ने ४६ बर्षिय मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नं ७ दाङ घर भई हाल सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नं ७ बस्दै आएका २३ बर्षिय समीर मियाँ भन्ने ईमाम बक्स मियाँ रहेका छन् ।
पक्राउ पर्ने इँमाम बक्स मियाँ नाताले मुस्ताजका ज्वाईँ भएपनि छोरा बनेर नागरिकता लिएका हुन् । बुवा विसमुल्ला मियाँका छोरा इँमामले दाङबाट पटक-पटक नागरिकताको लागि पहल र सिफारिस गर्दा समेत उनको नागरिकता नबनेपछि उनी ससुरालाई बुवा बनाएर नागरिकता लिन सल्यान आएको बुझिएको छ । छत्रेश्वरी गाउँपालिका वडा नं-७, को सिफारिसमा उनले २०७५ साल भाद्र २४ गते मुस्ताज मियाँको छोरा समीर मियाको नाममा नागरिकता लिएका थिए । समीर मियाँको नामबाट नागरिकता लिएपनि उनको वास्तविक नाम भने ईमाम बक्स मियाँ रहेको पत्ता लागेको हो ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सल्यानले मंगलबारदेखि लागु हुनेगरी नेपाल नागरिकता ऐन २०६४ (संशोधन सहित) बमोजिम जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद लिई थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिएका छ्न् ।

Next Post

दाङ राजधानी बनेको खुसियालीमा बाजागाजा सहित दीपावली

२१ आश्विन २०७७, बुधबार ०६:३६
२१ असोज, काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी दाङ बनेको खुसियालीमा दंगालीले बाजागाजासहित र्‍याली निकालेर खुसियाली मनाएका छन् । उनीहरुले प्रदेशसभाको निर्णयको स्वागत गर्दै जिल्लाभर दीपावली पनि गरे । नागरिकस्तरबाट भालुबाङ, लमही, घोराही, तुलसीपुर, नारायणपुर, बिजौरी, पुरन्धारा, गढवा, गोबरडिहा लगायतका स्थानमा दीप प्रज्ज्वलन गरिएको थियो । प्रदेश राजधानी रहने भनिएको देउखुरी […]