रुकुम पश्चिममा १२ किलो अफिम सहित दुई जना पक्राउ

  ।   २१ कार्तिक २०७७, शुक्रबार १४:४०

मनोज डाँगी 

कार्तिक २१, रुकुम पश्चिम ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दुई किलो लागु ओैषध अफिम सहित दुई जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । जिल्लाकाे आठबिसकाेट नगरपालिका ९ स्थित राडिबजारमा रहेको धिरेन्द्र शाहको घरमा बस्ने जाजरकोट नलगाड न.पा. ८ बस्ने बर्ष ४६ को माल बहादुर सिंह र साेहि ९ बस्ने वर्ष ६० को काली बहादुर सिंहको साथबाट उक्त सामाग्री बरामद गरिएको हाे ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली, ब्यूरो सुर्खेतको टोली, जिप्रका रुकुम पश्चिम र ईप्रका. आठबिसकोटबाट खटिएको टोलीले निज धिरेन्द्र शाहको घरमा खानतलासी गर्ने क्रममा १२ किलो अफिम सहित उनिहरु दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

Next Post

नागढुंगाबाट ४० हजार रुपैयाँ सहित एक जना पक्राउ

२१ कार्तिक २०७७, शुक्रबार १४:४०
२१ कात्तिक, काठमाडौं । चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता छन् । उनलाई शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले पक्राउ गरेको हो । बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख […]