नागढुंगाबाट ४० हजार रुपैयाँ सहित एक जना पक्राउ

  ।   २१ कार्तिक २०७७, शुक्रबार १७:०६

२१ कात्तिक, काठमाडौं ।

चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता छन् ।

उनलाई शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले पक्राउ गरेको हो ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा गुप्ताको साथमा रहेको झोला र कम्मरपेटीमा लुकाइ राखेको १ हजार दरका ४ हजार वटा नोट फेला परेको हो ।

थप अनुसन्धान भइरहेको नागढुंगाका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाले बताए ।

Next Post

२४ घण्टामा ४५ सय डिस्चार्ज, २९ सय ९ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

२१ कार्तिक २०७७, शुक्रबार १७:०६
कार्तिक २१, काठमाडौं । पछिल्लो २४ घण्टामा २९ सय ९ जनामा कोरोना भाइरस ( कोभिड -१९) संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ हजार ९०५ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ३४ […]