सुर्खेतमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

  ।   ३१ असार २०८३, बुधबार ११:१४

सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ मिलनचोकका ३६ वर्षीय दीपक बहादुर शाही रहेका छन्।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले मिलनचोकस्थित सडक खण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका शाहीलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ हवल्दार गगन बहादुर नेपाली र नगर प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक यज्ञ बहादुर शाहीको नेतृत्वमा खटिएको टोलीले शरीर खानतलासी गर्दा ४ पुरिया र १ पोकामा राखिएको खैरो धुलो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका शाहीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ।

Next Post

कांग्रेसका मन्त्रीहरूले प्रदेश सरकारबाट दिए राजीनामा

३१ असार २०८३, बुधबार ११:१४
प्रदेश सरकारमा सहभागी कर्णाली प्रदेशका नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा राजिनामा  दिएका हुन् । पार्टीभित्र उनीहरूको कार्यसम्पादनप्रति निरन्तर […]