प्रदेश सरकारमा सहभागी कर्णाली प्रदेशका नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा राजिनामा दिएका हुन् । पार्टीभित्र उनीहरूको कार्यसम्पादनप्रति निरन्तर प्रश्न उठिरहेको थियो । यद्यपि मुख्यमन्त्री यामलाल कँडेलले स्वीकृत भने गरिसकेको अवस्था छैन । मुख्यमन्त्री मन्त्रिपरिषद्को बैठकमा रहेकाले स्वीकृत हुन बाँकी रहेको स्रोतले बताएको छ।
प्रदेश सरकारमा २०८१ सावनमा सामिल भएका उनीहरु बिगत लामो समय देखी बिबादित रहदै आइरहेका थिए ।
