कैलालीको लम्की चुहा नगरपालिका वडा न ३ कर्णाली चिसापानीमा शुक्रवार राति ९ बजेर ३८ मिनेट तिर कैलालीको लम्की देखि सुर्खेतको बाबियाचौर तिर जादै गरेको भे १ क २५९६ नम्बरको मिनी ट्रकले च्यापिएर गम्भिर घाईते भएका पैचान खुल्न नसकेका एक व्यक्तिको उपचारको लागि टिकापुर लिदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चिसापानीका कार्यालय प्रमुख प्रहरी निरिक्षक मिरा खड्काले जानकारी दिनुभयो .
दुर्घटना लम्कीचुहा न.पा.३ चिसापानी बजार स्थित रुबी होटल अगाडी भएको र मृतकको नाम, थर ठेगाना नखुलेको वर्ष अन्दाजी ४०/४५ को पुरुष व्यक्ति रहेको कार्यालयले जनाएको छ . गाडी चालक जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका वडा न. ४ चनाली बस्ने वर्ष ३१ को सन्तोष सिजापति मगर रहेको र भे १ क २५९६ नम्बरको मिनी ट्रक रातिनै सुर्खेत जिल्लाको पंचापुरी नगरपालिकाको तातापानी अस्थाई प्रहरी चौकी तातापानिले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चिसापानीका कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो .
चिसापानी
