दैलेख दुर्घटना सहचालक सुवेदीको शव सुर्खेतको घाटगाउमा भेटियो

  ।   २२ असार २०८३, सोमबार १२:५८

बिहीबार दैलेख जिल्लाकाे चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको मिनीबस दुर्घटनामा बेपत्ता भएका सहचालक रामप्रसाद सुवेदीको शव कैलालीमा फेला परेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाले सुर्खेतको  घाटगाउँमा फेला परेको जानकारी दिएका हुन् । ‘शवको फोटो आफन्तले हेरेर रामप्रसाद सुवेदी नै रहेको पुष्टि भएको हो,’ उनले भने, ‘अन्यको पनि तीव्रगतिमा खोजी भएको छ ।’

गत असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट कर्णाली नदीमा खसेको थियो । दुर्घटनापछि चालक र सहचालकसहित केही यात्रु बेपत्ता भएका थिए। सहचालक सुवेदीको शव फेला परे पनि दुर्घटनामा बेपत्ता अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य भने जारी रहेको छ .
तीनवटै सुरक्षा निकायले नदीका विभिन्न तटीय क्षेत्रमा अन्य बेपत्ताको खोजीलाई निरन्तरता दिएका छन् ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका गोताखोर टोली तथा अन्य सुरक्षा निकायले नदीका विभिन्न तटीय क्षेत्रमा खोजीलाई निरन्तरता दिएका हुन् ।

तस्विर नेपालि सेना

 

Next Post

फिफा विश्वकप : स्पेन र बेल्जियमको सानदार जित, सह-आयोजक अमेरिका र पोर्चुगल बाहिरियो

२२ असार २०८३, सोमबार १२:५८
फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै र बेल्जियमले अमेरिकालाई १ – ४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन । अमेरिकाको डलास रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो। तर, खेलको दोस्रो […]