बाबु द्वारा छोराको हत्या

  ।   २० जेष्ठ २०८३, बुधबार १०:०३

दैलेखमा मंगलबार  राति आफ्नै बाबुले छोराको हत्या गरेका छन् |

दैलेख जिल्ला नारायणनगरपालिका ९ सालखर्कका ७३ बर्षिय कविराज थापाले ४४ बर्षिय आफ्नै छोरा यादब थापाको हत्या गरेको जिल्ला  प्रहरी कार्यालयले  जनाएको छ |

पारिबारिक बिबादमा कबिराजले आफ्नै छोरा यादबको गर्धन पाखुरा लगायत शरीरका बिभिन्न ठाउमा हसिया प्राहर गरि घाइते बनाएको उपचारको लागि दैलेख अस्पताल लैजादै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको हो |

कविराज थापालाई गए रति नै नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी लक्ष्मण पचाभैयाले जानकारी दिए |

Next Post

रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बिच भेटवार्ता ।

२० जेष्ठ २०८३, बुधबार १०:०३
बिष्णु कुमार शाही भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबिचको सम्बन्धलाई थप उचाइमा पुऱ्याउन वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् । बुधबार रास्वपाका सभापति रवि लामिछानेसँगको भेट लगत्तै प्रधानमन्त्री मोदीले सो कुरा बताएका हुन् . भेटपछि प्रधानमन्त्री मोदीले रास्वपा सभापति लामिछानेलाई भेट्न पाउँदा खुसी व्यक्त गरेको उनले सामाजिक […]

सम्बन्धित