कर्णालीमा हामफालेका व्यक्तिको जिवितै उद्दार

  ।   २३ भाद्र २०८३, मंगलवार २१:५३

कर्णाली नदीमा हाम फाले आत्म हत्याको प्रयास गर्ने एअक ब्रिदलाई प्रहरी र स्थानीयले उद्वार गरि बाचाउन सफल भएका छन् | घोडाघोडी नगरपालिका–१, सुखड निवासी अन्दाजी ६५/६६ वर्षीय चेतमान बमको  स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको हो |
सुदुर पश्चिम प्रदेशको प्रवेश द्रार रहेको  चिसापानी स्थित कर्णाली पुल मुनीबाट नदीमा पुरुष व्यक्तिले हाम फालेको छ भन्ने जानकारी पश्चात तत्काल  इलाका प्रहरी कार्यालय चिसापानीबाट आवश्यक उद्दार सामग्री सहित खटी गएको प्रहरी टोली तथा स्थानीयहरुको सहयोगमा हाम फालेका बमलाई   अन्दाजी १ किलोमिटर तल कर्णाली नदीबाट गरीएको हो |

उद्दार पछी  उपचारको लागी लम्की स्थित लाल रत्न अस्पताल पठाई उपचार भईरहेको,र निज व्यक्तिले किन हामफालेको भन्ने बारे केहि खुलेको छैन घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ |

Next Post

भोटेकोशी बाढी : डीएनए म्याच कसरी गरिन्छ ? आफन्तले शव कसरी पाउँछन्?

२३ भाद्र २०८३, मंगलवार २१:५३
भोटेकोशी बाढीमा परी मृत्यु भएकाहरूका शव भेटिने क्रम जारी रहे पनि पहिचान नखुलेका शवको संख्या ठूलो हुँदा सनाखत चुनौतीपूर्ण बनेको छ । सम्पर्कविहीनका आफन्तले शव पहिचानका लागि डीएनए परीक्षण गराइरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंस्थित प्रहरी अस्पताल, जिल्ला प्रहरी कार्यालय वा प्रहरीले तोकेको स्थानमा आफन्तको रगतको नमुना संकलन भइरहेको […]

सम्बन्धित