धनगढीमा असईको हत्यामा संलग्न गिरोह पक्राउ

  ।   ४ कार्तिक २०७७, मंगलवार ०८:३५

कार्तिक ४, कैलाली । 

अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका  प्रहरी सहायक निरिक्षक बिकको हत्यामा संलग्न गिरोह पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

‘बिकको घाँटी रेटी हत्या गर्ने कार्यमा संलग्न गिरोहका आधा भन्दा बढि व्यक्तिहरु पक्राउ परिसकेका छन् ।’ स्रोतले भन्यो, ‘केही व्यक्ति अझै पनि भागिरहेकाले खोजी तिव्र बनाईएको छ। सकभर आज साँझसम्म सबै पक्राउ पर्छन् ।’ पक्राउ परेका अधिकांश व्यक्तिले बिकको हत्या गरेको स्वीकारेको प्रहरी स्रोत बताउँछ ।

प्रहरी वरिष्ठ उपरिक्षक सिंहले साँझसम्म परिणाम देखिने बताए । शनिबार राती नियमित गस्तीमा निस्केका प्रहरी सहायक निरिक्षक बिकको शव हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएको थियो ।
उनको उच्च सम्मान सहित सोमबार कञ्चनपुरको दोदा घाटमा अन्त्येष्टि गरिएको छ । बिकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर बिकको अवस्था अझै अज्ञात छ ।

Next Post

कक्षा १२ को परिक्षा मंसिरको दोस्रो साता हुने

४ कार्तिक २०७७, मंगलवार ०८:३५
कार्तिक ४, काठमाडौ  । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छठलगत्तै लिने भएको छ । बोर्डको आइतबार साँझ बसेको बैठकले कार्यविधि पारित गरी परीक्षा लिने निर्णय गरेको हो । बोर्डले मंसिरको दोस्रो साताबाट परीक्षा लिने गरी कार्यतालिका सार्वजनिक गर्ने भएको छ । बोर्डले कक्षा १२ को परीक्षा […]