मनसुन १० दिनमा नेपाल भित्रिने

  ।   १८ जेष्ठ २०८१, शुक्रबार १९:१५

काठमाडौं । यस वर्षको मनसुन भारतको केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष नेपाल भित्रने मनसुन भारतको केरला आइपुगेको हो ।

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुन १० दिन सम्ममा नेपाल आइपुग्नेछ ।

उनले भने, “नेपाल भित्रने मनसुन अहिले भारतको केरला आसपास आइपुगेको छ । अबको १० दिनमा नेपाल भित्रन सक्ने सम्भावना छ ।” गत वर्ष केरला आइपुगेको मनसुन १० दिनमा नेपाल आइपुगेको थियो ।

गत वर्ष नेपालमा मनसुन जुन १४ (जेठ ३१ गते) मा भित्रिएको मौसमविद् लामिछानेले बताए । गत वर्ष अक्टोबर १५ (असोज २८) मा मनसुन बाहिरिएको थियो ।

बङ्गालदेखि मेघालय हुँदै आसामतिर बाट मनसुन नेपाल भित्रने उनको भनाइ छ ।

मौसमविद् लामिछानेका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावक कारण कोशी, बागमती गण्डकी प्रदेशका केही भूभागमा बेलुकापख मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पशिचमी भूभागमा भने पानी पर्ने सम्भावना नरहेको उनको भनाइ छ ।

Next Post

दैलेखमा भूकम्पको धक्का महसुस

१८ जेष्ठ २०८१, शुक्रबार १९:१५
जेठ-२२, दैलेख । दैलेखमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान १०:३४ मा भूकम्पको धक्का महसुस भएको हो। दैलेखको नेपा आसपासलाई केन्द्र बिन्दु बनाएर ४.१ म्याग्नेच्युडको भूकम्प मापन भएको केन्द्रले जनाएको छ। भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण प्राप्त नभएको जनाइएको छ […]

सम्बन्धित