विद्युत् कार्यालयको गाडी दुर्घटना : दुईको मृत्यु, एक घाइते

  ।   ३० असार २०८३, मंगलवार ०९:३५

नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको थियो।

धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

दुर्घटनामा परी गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा राति करिब १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खड्काले बताए।

दुर्घटनामा घाइते भएका धरान २० का पदम राईको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Next Post

गेटबाट उठाइएका गाडीलाई चिट काटेर छाडियो

३० असार २०८३, मंगलवार ०९:३५
कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनसहित विभिन्न सञ्चारगृहको गेट अगाडि सोमबार शंकास्पद रूपमा पार्क गरिएका गाडीलाई उपत्यका ट्राफिक प्रहरीले अनधिकृत पार्किङको कसुरमा जरिवाना गरेर छाडेको छ । सम्बन्धित गाडीका धनीले सम्पर्क गरेपछि चिट काटेर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले गाडीसँग […]