४ लाख ५० हजार घुससहित वडा अध्यक्ष पक्राउ

  ।   २५ भाद्र २०८१, मंगलवार १५:२३

भदौ-२५, जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२४ बसहियाका वडा अध्यक्ष उपेन्द्र सहनी घुसको रकमसहित पक्राउ परेका छन् । 

घरजग्गा बाटोको सिफारिस गरिदिने भन्दै एकजना सेवाग्राहीसँग लगभग ४ लाख ५० हजार रुपैयाँ घुससहित सहनी पक्राउ परेका हुन् । उनी संगै वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डलसमेत पक्राउ परेका छन् । 

वडा अध्यक्ष सहनीसंगै घुस लिने विषयलाई लिएर वडासचिव साह र कार्यालय सहयोगी विजयको समेत संलग्नता रहेकाले उनीहरूलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

Next Post

भदौ २७ र २८ गते भारीदेखि धेरै भारी वर्षाको सम्भावना

२५ भाद्र २०८१, मंगलवार १५:२३
भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले लुम्बिनीदेखि पश्चिमको भूभाग भोलि र पर्सि बढी प्रभावित हुने पूर्वानुमान छ । भदौ-२६, काठमाडौ । भदौ २७ र २८ गते (भोलि र पर्सि) देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि […]