रोल्पामा दुई पुरुषको शव फेला

  ।   १३ मंसिर २०७७, शनिबार १६:१६

मंसिर १३, रोल्पा ।

रोल्पामा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित जीलाखोलामा शव फेला परेको हो ।

पहिचान नखुलेका उनीहरुको शव करिव ४ मिटरको फरकमा फेला परेको रोल्पाका प्रहरी प्रमुख उपरीक्षक नरेश सुवेदीले बताए ।

प्रारम्भिक अनुसन्धान अनुसार मृतकहरु भिरबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ । माछा मार्न खोलामा गएका स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Next Post

उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा चन्द्र ढकाल विजयी

१३ मंसिर २०७७, शनिबार १६:१६
मंसिर १४, काठमाडौं । नेपाल उद्योग वाणिज्य संघको उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । प्यानलसहित मैदानमा उत्रिएका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । शेखर गोल्छापछि महासंघको नेतृत्व अब ढकालले […]

सम्बन्धित