
पौष १८, दैलेख ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दैलेखको जिल्ला अधिबेशन नजिकिए संगै नेतृत्वका लागि रस्साकस्सी शुरु भएको छ । यहि पौष २१ र २२ गते हुन लागेको अधिबेशनको लागि अहिलेसम्म नेतृत्वका लागि केही ब्यक्तिको नाम चर्चामा आएपनी उम्मेदवारी घोषणा भने विद्यार्थी नेता पुष्कर उपाध्यायले गरेका छन् ।
लामो समय अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा काम गर्दै आएका उपाध्याय आम बिद्यार्थीमाझ लोकप्रिय नेताका रुपमा स्थापित छन् । उनले यसअघि नै मदन भन्डारी स्पोर्ट्स एकेडेमी जिल्ला सदस्यको रुपमा, अनेरास्ववियु धुलेश्वर माबी कमिटी सदस्य , धुलेश्वर माबी कमिटी अध्यक्ष , अनेरास्ववियु जिल्ला सदस्य जस्ता पदमा रहेर कुशलता पूर्वक जिम्मेवारी पूरा गरेकोले अहिले जिल्लाको नेतृत्वमा पुग्नको लागि पनि उनी बलियो उम्मेदवार रहेको विद्यार्थीको बुझाइ छ ।
हाल उनी अनेरास्ववियु जिल्ला कार्यालय सदस्य तथा दुल्लु नगर इन्चार्जको जिम्मेवारीमा छन् ।

