गत साउन १० गते सुनसरी जिल्लामा भएको घटनापछि विकसित परिस्थितिलाई दृष्टिगत गर्दै बाँकेमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्ने उद्देश्यले शनिवार बाकेको नेपालगन्जमा सद्भाव र्याली निकालेका छन् .
जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा आयोजित उक्त सद्भाव र्यालिमा बाके स्थित विभिन्न राजनैतिक दलका अगुवा , मानव अधिकार कर्मी , गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष मन भण्डारी, उपभोक्ता हित संरक्षण मञ्च नेपालका प्रतिनिधि , इन्सेकका भोला महत, नागरिक समाज बाँकेका संयोजक , नेपाल आदिवासी जनजाति महासंघ बाँकेका प्रतिनिधि , शिव सेना बाँकेका प्रतिनिधिहरु , , बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, मुस्लिम समुदायका प्रतिनिधिहरु तथा धम्बोजी मोहर्रम समितिका प्रतिनिधि लगायत विभिन्न धर्मका अगुवा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख, गैरसरकारी संस्था महासंघ नेपाल बाँके, नेपाल पत्रकार महासंघ, विभिन्न संघ–संस्थाका प्रतिनिधि, जिल्ला बार तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो।
बिपी चोक बाट सुरु गरिएको सद्भाव र्याली बिरेन्द्र चोकमा पुगेर समापन भएको थियो . सद्भाव र्यालीमा विभिन्न वक्ताहरूले सावाँ १० सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै त्यस्ता घटना नेपालगञ्जमा दोहोरिन नदिन सबै समुदायबीच सामाजिक एकता र धार्मिक सहिष्णुता अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। यसका लागि आयो जना गरियको यो सामाजिक सद्भाव र्यालीले सबै समुदायलाई शान्ति, संयम र आपसी सम्मानको सन्देश दिनेमा बिश्वास रहेको धारणा सहभागीहरूले राखेका थिए। बक्ताहरुले कुनै पनि अफवाह वा उत्तेजनात्मक गतिविधिमा नलाग्न तथा आपसी भाइचारा कायम राख्न सम्पूर्ण जिल्लावासीसँग आग्रह गरेका थिए ।
