नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ गरिए पछि पार्टीको धारणा बनाउन संसदीय दल र सचिवालयको छुट्टाछुट्टै बैठक बोलाएको छ । संसदीय दलको बैठक दिउँसो २ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा समसामयिक विषय र पौडेलको पक्राउ प्रकरणबारे छलफल गर्न बस्नेछ भने पार्टीको सचिवालय बैठक आजै साँझ ६ बजे ओली निवास गुण्डुमा समसामयिक राजनीति र उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे छलफल गर्न बस्नेछ ।
सोमबार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि त्यसबारे धारणा बनाउन छुट्टाछुट्टै बैठक बोलाइएको हो ।
संसदीय दलको बैठक मंगलार दिउँसो २ बजे बस्ने गरी आह्वान भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे समसामयिक विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जानकारी एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक ऐन महरले जानकारी दिए । बैठकमा उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे पनि कुराकानी हुने महरले बताए ।
एमालेले आजै साँझ ६ बजे पार्टीको सचिवालय बैठक पनि बोलाएको छ । ओली निवास गुण्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो । बैठकमा समसामयिक राजनीति र उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे छलफल हुनेछ ।

