नौमुलेमा सञ्चालन हुँदै दुई एम्बुलेन्स

  ।   १८ आश्विन २०७७, आईतवार ०७:३९

अस्मिता रोक्का  मगर

 नौमुले, दैलेख ।

दैलेखको नौमुले गाउँपालिकामा दुई वटा एम्बुलेन्स ल्याइने भएको छ । जिल्लाका धेरैजसो स्थानीय तहहरुले यसअघि नै एम्बुलेन्सहरु सञ्चालन गरिसकेको भएपनी नौमुलेमा उक्त सेवा सुरु गरिएको थिएन । तर, यसअघि बिरामिहरुको अबस्था हेरी गाउँपालिकाकै गाडीबाट सेवा दिइदै आएको बताइएको छ ।

स्थानीय जनताको माग र चाहनालाई ध्यानमा राखी तत्काल दुई वटै एम्बुलेन्स संचालनमा ल्याउन लागिएको गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले जानकारी दिनु भयो । `जनताको सेवाको लागि ल्याउन थालेका हौं जनताकै आबश्यकतामा प्रयोग गरिनेछ´ अध्यक्ष बुढाले भन्नुभयो । कठिन अबस्थाका बिरामिहरुको लागि गाउँपालिका कै गाडी प्रयोग गर्दै आइएको भएपनी कहिले काहीँ त्यो सेवा दिन नसक्दा बिरामीलाई समस्या हुने र निजि गाडी प्रयोग गर्दा भाडा महङ्गो पर्ने हुँदा बिरामिलाई समस्या देखिएकोले अब एम्बुलेन्स ल्याएपछी त्यो समस्या समाधान हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताउनु भयो । बिरामिको आर्थिक अबस्था र भौगोलिक दुरिको आधारमा सुहाउँदो भाडा निर्धारण गरेर सेवा दिइने पनि उहाँले जानकारी दिनुभयो ।

एकैपटक दुइवटा एम्बुलेन्स आउन थालेको खबरले नौमुलेवासी खुसी भएको गाउँपालिकाका रोजगार संयोजक सन्दीप बिकले बताउनुभयो ।

Next Post

बुटवलका दर्जन बढी ठाउँमा निषेधाज्ञा जारी

१८ आश्विन २०७७, आईतवार ०७:३९
१८ असोज, बुटवल । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन चर्किन थालेपछि रुपन्देही प्रशासनले बुटवलका करिब दर्जन ठाउँलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन प्रशासनले रोक लगाएको छ । स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल […]