लेकबेसी प्रिमियर लिग सिजन दुइ कार्तिक ७ देखि १३ सम्म संचालन हुने

  ।   ८ भाद्र २०८३, सोमबार १३:१५

दैलेखको ठाटीकाध गाउपलिका ६ को लेकबेसी एकता समाजले लेकबेसी प्रिमियर लिग (एलपीएल) सिजन २ संचालन गर्ने भएको छ |
पहिलो वर्ष सफलता पुर्बक संचालन गरेको लेकबेसी एकता समाजले योवर्षको लेकबेसी प्रिमियर लिग सिजन २ कार्तिकको ७ गते देखि १३ गते सम्म हुने लिगका सयोजक ध्वज बहादुर शाहीले कर्णाली प्लसलाई जानकारी दिए |
सिजन पहिलो जस्तै लिग सिजन दुइ पनि बारीको पाटामा खेलाउन बाध्य भएको उनले बताए | युवाहरुको चासो र जोस जागरका कार हामीले गराहरुमा पहिलो सिजन सफलता पुर्बक सम्पन्न गरेका थियौ शाहीले भने | स्थानीय सरकार वा सरोकारवाला कसैको पनि चासो देखिदैन खेल र खेल मैदान प्रति खेल प्रतियोगीता बारीको पाटामा खेलाउनु परेको छ | इच्छा सक्ति र चासो भए एउटा खेल मैदान बनाउन कुनै ठुलो कुरा होइन बनाउन सकिन्थ्यो तर यहाका जनप्रतिनिधि कसैको पनि ध्यान त्यता तिर जादैन शाहीले भने |
पछिल्लो समय क्रिकेट तिर युवाहरुको रोजाइमा परेको खेल नै क्रिकेट हो | गाउपालिकाको ५ र ६ वडामा मात्रै तिन चार वटा क्लबहरुले आफ्नो पहिलो दोस्रो प्रिमियर लिगहरु बारीका पाटाहरुमै संचालन गरि सकेका छन् |
सरोकारवालाले युवाहरुको यो इच्छा र चासोलाई ध्यानमा राख्दै उनि खेल प्रतिको जोस जागर र लगानीलाई कदर गर्दै खेल मैदान बनाउन जरुरि देखिन्छ समयमै सदबुद्दी आयोस |

 

 

Next Post

आरोपी किशोरको भिडियो खिच्ने प्रहरी पक्राउ

८ भाद्र २०८३, सोमबार १३:१५
बारामा एक बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका आरोपी किशोरको बयान खिच्ने एक जना प्रहरी हवल्दार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले किशोरले बयान दिइरहेको भिडियो खिच्ने एक जना हवल्दारलाई नियन्त्रणमा लिइएको छ । ‘भिडियो खिच्ने एक जना प्रहरी हवल्दारलाई पक्राउ गरिएको छ, […]