मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

  ।   ३ भाद्र २०८३, बुधबार १८:१८

बुधबार बसेको प्रदेश सभा बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्रि शाहीको पक्षमा २१ र विपक्षमा १३ मत परेको थियो भने दुई मत तटस्थ रहेको रहेका थिए ।

कर्णाली प्रदेश साभामा बुधबार बसेको प्रदेश सभा बैठकमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका सांसदले उनलाई विश्वासको मत दिएका हुन्। शाहीले सोमबार विश्वासको मत पाउँ भनेर प्रदेश सभा समक्ष पत्र दर्ता गराएका थिए।

बुधबार उक्त विश्वासको प्रस्तावमाथि छलफल भएको थियो र ४० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित १०, नेपाली कम्युनिस्ट पार्टीका १४, कांग्रेसको १५, राप्रपाको १ जना सांसद छन्।

नेपाली कांग्रेस र राप्रपाले विपक्षमा मतदान गरेका थिए। साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले २३ दिनपछि संसद्‌बाट विश्वासको मत लिएका हुन्। मतदानमा ३६ जना सांसद सहभागी रहेका थिए।

तस्बिर पुरानो फाइलबाट

Next Post

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

३ भाद्र २०८३, बुधबार १८:१८
बुधबार बसेको प्रदेश सभा बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा ४६ जना प्रदेश सांसद सहभागी रहेकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत खसेको छ । प्रदेशसभामा सरकारको नेतृत्व गरिरहेको नेकपाका २० र एमालेका ११ जना प्रदेशसभा सदस्यले पक्षमा मत दिएका छन् […]

सम्बन्धित