स्थानीय तह निर्वाचनको मतपत्र : ‘सूर्य’ चिन्ह पहिलो र रुख दोस्रो नम्बरमा

  ।   २१ चैत्र २०७८, सोमबार ०८:१४

काठमाडौं ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ ।

यसैगरी नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गर्ने भएको हो ।

सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ ।’ भन्ने उल्लेख छ ।

सो कानुन अनुसार मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न सूर्य पहिलो, कांग्रेसको ‘रुख’ दोस्रो, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो, जसपाको ढल्केको छाता चौंथो, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को साइकल पाँचौं र नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलम छैटौं नम्बरमा रहने भएको हो ।

यी ६ दल राष्ट्रिय मान्यता प्राप्त हुन् । यो खबर आजको राजधानी दैनिकमा छ ।

Next Post

`लाज पचेकाहरुले हो गठबन्धन गर्ने´ गायक पशुपति शर्मा

२१ चैत्र २०७८, सोमबार ०८:१४
चैत २९, काठमाडौ । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले एक्ला एक्लै चुनावमा लड्न नसकेर गठबन्धन बनाउने दललाई लाज पचेकाको संज्ञा दिएका छन् । आफ्नो फेसबुक वालमा स्ट्याटस लेख्दै उनले सिद्धान्त पनि नमिल्ने, बिचार पनि नमिल्ने र चुनावी घोषणा पत्र समेत नमिल्नेहरुले गठबन्धन गरेर चुनाबमा जानू भनेको लाज पचाउनु […]