बिहीबारदेखि ३ दिन वर्षा र हिमपात, त्यसपछि गर्मी सुरु हुने

  ।   २० माघ २०७७, मंगलवार ०८:४४

२० माघ, काठमाडौं । आउँदो बिहीबारदेखि मौसममा बदली भई पानी पर्ने र हिमपात हुने मौसमविदले पूर्वानुमान गरेका छन् ।

पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरु हुने मौसमविदको भनाइ छ ।

मौसमविद शान्ति कँडेलले भनिन्, ‘मौसम हो अपडेट भइराख्नुपर्ने हुन्छ । तर अहिलेसम्मको परिस्थिति हेर्दा बिहीबारदेखि शनिबारसम्म मौसममा बदली हुने, वर्षा र हिमपात हुनेजस्तो देखिन्छ । यो सिस्टम गइसकेपछि तापक्रम वृद्धि हुँदै जान्छ ।’

‘तराईको हुस्सु कुहिरो पनि हट्छ’

मौसममा बदली नेपालको पश्चिमी भागबाट सुरु हुने मौसमविद कँडेल बताउँछिन् । यो मौसमी प्रणाली रहुन्जेल अधिकतम तापक्रम घट्छ । तराईको हुस्सु कुहिरो पनि हट्छ । ‘त्यसले गर्दा तराईमा बिहानीपख हुस्सु कुहिरो नलाग्दा केही राहत महसुस हुन्छ । तर पहाडी क्षेत्रहरुमा बदली भएर घाम नलाग्दा चिसो महसुस हुन्छ । तापक्रमको आधारमा न्यूनतम तापक्रम घट्ने खासै हुँदैन,’ मौसमविद कँडेलले भनिन् ।

घाम नलाग्दा दिउँसोमा अधिकतम तापक्रम घटे पनि बिहानमा कठ्यांग्रिने जस्तो जाडो अब नहुने मौसमविदको भनाइ छ ।

Next Post

सरकारले बिप्लब नेतृत्वको नेकपासङ्ग वार्ता गर्ने

२० माघ २०७७, मंगलवार ०८:४४
काठमाडौँ, माघ २०। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दलसँग वार्ताको प्रक्रिया अघि बढाउन तयारी थालेको छ। नेकपाभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउन भन्दै वार्ताको प्रक्रिया अघि बढाउन सकारात्मक बनेका हुन्। प्रधानमन्त्री ओली सकारात्मक भएपछि सरकारी पक्षले विप्लव पक्षसँग […]