कालीकोटको सान्नि त्रिवेणी गाउँपालिका–६, पोरिबन (माथिल्लो काभ्रे खोला) घट्ट पिस्न गएका बेला माथीबाट आएको पहिरोमा परी सोही वडा निवासी ७६ बर्षिया लाल सावद र ४६ बर्षिया मन्दिर सावद को ज्यान गएको कालिकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराइले जानकारी दिनु भयो |
खोलाको किनारामा रहेको घट्टमा अनाज पिसिरहेको समयमा माथिबाट आएको पैरोले घट्ट भित्र बसिरहेका दुइजनाको ज्यान गएको हो |
घट्ट पिस्न गएका दुइजनाको पैरो बाट ज्यान गएको खबर पाउनासाथ नेपाल प्रहरी र डाक्टर सहिताको टोलि दुर्घटना स्थल गएको र टोलि त्याहा पुग्दा उनीहरुको मित्यु भैसकेको भट्टराइले बताउनु भयो |
अहिले घटना स्थलमा प्रहरी डाक्टरको टिम र स्थानीयहरू रहेको र मुचुल्का गर्ने काम भैरहेको पनि उहाले जानकारी दिनुभयो |

तस्बिर रण बहादुर तिरुवाको प्रोफाइल बाट
