दैलेखमा बस दुर्घटना, एघार जना घाइते, दुई जनाको अबस्था गम्भीर

  ।   ५ बैशाख २०७८, आईतवार १६:४८

दैलेख, बैशाख-५ ।

दैलेखको गुराँस गाउँपालिकास्थित गाईबान्नामा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

दैलेख–सुर्खेत सडकखण्ड अन्तर्गत आइतबार दैलेखको गुराँस गाउँपालिका –४ स्थित गाईबान्नामा बस दुर्घटनामा परेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेख सदरमुकामतर्फ आइरहेको ना ७ ख ६९६३ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भइ सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परेको बसमा २९ जना यात्रु सवार थिए ।

दुर्घटनामा घाइते ११ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । डिएसपी श्रेष्ठका अनुसार घाइतेको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेततर्फ पठाइएको छ । साथै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Next Post

एकैदिन एक हजारभन्दा धेरैमा कोरोना संक्रमण

५ बैशाख २०७८, आईतवार १६:४८
५ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् । संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ […]

सम्बन्धित