आज बडादशै, टिकाको उत्तम साइत बिहान १०: १९ मा

  ।   १० कार्तिक २०७७, सोमबार ०६:५८

कार्तिक १०, दैलेख ।

नेपाली हिन्दुधर्मावलम्बीको सबैभन्दा ठूलो पर्वको रुपमा मनाइने बडादशै पर्व आज सबैको घरघरमा हर्षोउल्लासका साथ मनाइदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज देवी विर्सजनको साइत विहान १० बजेर ११ मिनेटमा रहेको छ । त्यसैगरी टीकाको उत्तम साइत बिहान १०ः१९ बजे रहेको समितिले जनाएको छ ।

टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ । त्यसैले आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका थाप्ने मानिस पश्चिम तर्फ फर्कनुपर्छ भने टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । यसो गर्दा टीका लगाइदिने व्यक्तिको दायाँतर्फ चन्द्रमा पर्छ भने टीका थाप्ने व्यक्तिको सम्मुख पर्छ । यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ ।

निश्चित समयमा टीकाको साइत तोकिए पनि विजयादशमीका दिन दिनभर टीका लगाउन कुनै बाधा नरहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । देशका धेरैजसो स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिने परम्परा रहिआएको छ ।

आज अर्थात विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद स्वरुप टीका लगाउने धार्मिक परम्परा हो ।

आज टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजे रहेको छ । खड्गयात्रासमेत आजकै दिन गरिन्छ ।

Next Post

वडा अध्यक्ष सहितको टोलिद्वारा प्रहरीमाथी सांघातिक आक्रमण

१० कार्तिक २०७७, सोमबार ०६:५८
दिलमाया शाही  कार्तिक ११, जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित कनकासुन्दरी मन्दिरमा सुरक्षार्थ खटिएको प्रहरी टोलीमाथि सांघातिक आक्रमण भएको छ । सोही गाउँपालिका-५, का वडाध्यक्ष विर्खबहादुर खत्रीसहित उनका छोरा प्रेम खत्री र दानवबहादुर बोहरालगायत ११–१२ जनाको समूहले लड्कु गाउँमा आक्रमण गरेको हो । सांघातिक आक्रमणबाट घाइते भएका प्रहरी जवान कमलसिंह विष्टले […]