नारायण क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल विजयी

  ।   ३० भाद्र २०८१, आईतवार ११:२३

बिष्णु कुमारी जैशी

भदौ-२९, दैलेख ।

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत दैलेखको नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ ।

शुक्रबार भएको निर्वाचनको सार्वजिनिक परिणाम अनुसार अनेरास्ववियुबाट स्ववियु सभापतिमा हिमबहादुर बस्नेत विजयी भएका छन् । उनले नेपाल विद्यार्थी संघका विष्णुप्रसाद कोइरालालाई नौ मतले पछाडि पार्दै विजयी भएका हुन ।

नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी अनेरास्वयूबीचको गठबन्धनलाई हराउँदै अनेरास्ववियुले (स्ववियु) मा वर्चस्व कायम राख्न सफल भएको छ । यस्तै सचिवमा अनेरास्ववियुका फिलिप सिंहले ६५ मतान्तरसहति समाजवादी अनेरास्ववियुका टेकराज बुढालाई पराजित गरेका छन् ।

कोषाध्यक्षमा अनेरास्ववियुका शुष्मा शाहीले ३१ मतान्तरसहित अखिल क्रान्तिकारीका भुवनप्रसाद पाण्डेलाई पराजित गरेकी हुन् । सदस्यतर्फ पनि अनेरास्ववियुका पूर्णिमा रानामगर र पुष्पकमल अधिकारी विजयी भएको अनेरास्ववियु कर्णाली प्रदेश ईन्चार्ज संजीव धितालले जानकारी दिए । उनका अनुसार निर्वाचन परिणाम पश्चात अनेरास्ववियुले विजयी जुलस निकालेको थियो ।

Next Post

एकीकृत समाजवादीका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश

३० भाद्र २०८१, आईतवार ११:२३
  बिष्णु कुमारी जैशी  कार्तिक-२७, दैलेख । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दैलेखका पूर्व जिल्ला अध्यक्ष जंगबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई कर्णालीका मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले पार्टीमा स्वागत गरेका हुन् । मंगलबार दैलेखमा एक कार्यक्रमबिच शाहीसहित समाजवादीका अन्य केही नेता कार्यकर्ताहरू […]