कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

  ।   २५ आश्विन २०७७, आईतवार १५:५४

असोज २५ भरतपुर । कोरोना भइरसको संक्रमणबाट वडा अध्यक्षको मृत्यु भएको छ। भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो। उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए।

उनको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए। उनका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो।

असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो। उनलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा. पौडेलले बताए।

अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो।

Next Post

रजिष्ट्रारसहित न्याय सेवाका २९१ अधिकृतको सरुवा

२५ आश्विन २०७७, आईतवार १५:५४
काठमाडौं : न्याय सेवा आयोगले न्याय समूह, सरकारी वकिल र कानुन समूहका अधिकृतको व्यापक सरुवा गरेको छ। प्रधानन्यायाधीशको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले सरुवाको निर्णय गरेको हो। सर्वोच्च अदालत र उच्च अदालतका रजिष्ट्रार, सह-रजिष्ट्रार, महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्तालगायतका २९१ जना अधिकृत छन्। सरुवामा उपत्यकामा कार्यरत अधिकृतलाई बाहिर पठाइएको छ। सरुवाको विवरण […]

सम्बन्धित