पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिका र पूर्वमुख्यसचिव रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

  ।   १५ आश्विन २०७७, बिहीबार १२:०९

काठमाडौं, असोज १५
सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै, मुख्यसचिव रहेर राजिनामा दिनु भएका लोकदर्शन रेग्मीलाई सयुक्त अधिराज्य बेलायतको राजदूतका लागि नियुक्त गर्ने सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले दुवै जनालाई राजदूत नियुक्त गर्ने सिफारिस गरेको एकमन्त्रीले जानकारी दिनुभयो । रेग्मीले केहीअघि मुख्यसचिवबाट राजिनामा दिनु भएको थियो । उहाको राजिनामा स्विकृत गरेर राजदूत बनाउने निर्णय भएको हो ।
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ राजदूत नियुक्त गर्ने संवैधानिक व्यबस्था छ ।

Next Post

उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

१५ आश्विन २०७७, बिहीबार १२:०९
भावना शर्मा महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा कार्यालय पश्चिम् रुकुमको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/०७७ का एजेन्सी म्यानेजरहरुलाइ सम्मान तथा नयाँ पुराना अभिकर्ताहरुलाइ उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षकका रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स राप्ती […]