

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट आज ‘रोड टु यूएफसी’को पाँचौँ संस्करणअन्तर्गत सेमिफाइनल भिडन्तमा बिजयी भएका छन्।
चीनको सांघाईमा भएको बान्टमवेट सेमिफाइनलमा ढाँटले अपराजित न्युजिल्यान्डका कासिब ‘मर्डर’ मर्डकलाइ प्रतिस्पर्धा बाट पराजित गर्दै फाइनलको ढोका खोलेका हुन् ।
ढाँटले यसअघि मेमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा नकआउट गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
मर्डक भने ८–० को अपराजित रेकर्डसहित ढाँटविरुद्ध उत्रिएका थिए।
‘बझाङको बाघ’का रूपमा परिचित ढाँटका लागि आजको भिडन्त यूएफसी प्रवेशको यात्रामा महत्वपूर्ण खुड्किला थियो। यो जितले उनि सेमिफाइनल प्रतियोगिताको फाइनलमा पुगेका छन् र यूएफसी पुग्ने लक्ष्यबाट एक कदम मात्र टाढा रहेका छन्। सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मोर्डोचलाई अंकका आधारमा पराजित गरेका रबिन्द्रको ढाँटले रोड टु यूएफसीमा लगातार प्रभावशाली प्रदर्शन गर्दै नेपाली एमएमएको अन्तर्राष्ट्रिय पहिचान बलियो बनाउँदै आएका छन्। अब उनको लक्ष्य यूएफसी पुग्ने लक्ष्य पुरा गर्नु छ ।

