तस्बिर खिचेर मनग्य कमाइ

  ।   ३१ जेष्ठ २०८३, आईतवार ११:५९

बिष्णु कुमार शाही

कैलालीको लम्किचुहा नगरपालिका–३ कर्णाली चिसापानीका १८ वर्षीय सुजन रेश्मी मगर दैनिक जसो कर्णाली पुलमा धाउन थालेको दुइ वर्ष भयो। यस्तै ऋतिक बडुवाल किरण कुमार सुनार लगाएतका ४५\४८ जना युवाहरु कर्णाली पुल धाउन थालेको दुइ तिन वर्ष भैसक्यो |

सामान्य घरपरिवारमा सहेका उनीहरुका बुबा आमाहरु सानोतिनो सामान्य ब्यापार गरि कर्णाली चिसापानिमै बस्छन भने कसैका आमा बुबाहरु दैनिकी मजदुरी गरेर गुजारा चलाइरहेका छन् |

छोराहरु भने आफ्नो पढाई संगै फुर्सदको समयमा दैनिकी नै काँधका लामो लेन्स भएका क्यामेरा बोकेर यहाँको पर्टयकीय गन्तव्य कर्णाली पुल जाने त्यहाँ आउने पर्यटकको आग्रहअनुसार तस्बिर र भिडियो कैद गर्नु हो। कर्णाली चिसापानीको आसपासमा रहेका पर्यटकीयस्थलमा पछिल्लो समय फोटो खिच्ने युवाहरुको भीडभाड बढ्दै गएको देखिन्छ।

त्यही कर्णाली नदीमा अवस्थित सुदुर पश्चिमको प्रबेस द्राराको रुपमा रहेको पर्यटकीय क्षेत्र कर्णाली पुलमा घुम्न आउने आन्तरिक तथा वाइय भेटिने पर्यटकहरु बाट दैनिक फोटोग्राफीबाट एक हजार पाँच आम्दानी गर्दै आएका छन्। “पुल अवलोकनका लागि आउने प्रायः आन्तरिक तथा वैय पर्यटकको तस्बिर र भिडियो खिच्न लगाएबापत प्रतिफोटो २० र भिडियोको ५० लिएर उक्त रकम कमाउने गरेका हुन् | उनीहरुका लागि  “फोटोग्राफी अहिलेका लागि पेसा नै हो।

कर्णाली पुलका साथै अन्ने ठाउहरुमा पनि रमणी पार्क निर्माण गरि कालाभैरबको मन्दिरको यारियामा नगरपालिका वा वडाको लगानीमा गार्डेन निर्माण गर्न पाए अझै सुनमा सुगन्ध हुने उनीहरुले बताए |

यहिले पुलमा आउने पर्यटकलाई मात्रै लक्षित गरी यहाँ क्यामेराम्यान सक्रिय हुन्छन्। यहाको पुललाई मात्र अबलोकन गर्न यहाँ आउने अधकिांश युवायुवती फोटो खिच्न आउँछन्”, उनिहरुले  भने, विषेस गरि अंग्रेजी नेपालि दुवै नया वर्ष दशैँ तिहारमा आन्तरिक तथा वाइय पर्यटकहरुको हजारुको संख्यामा आउने र दैनि पाचा छ हजार सम्म कमाइ हुने गरेको उनीहरुले बताए |   काठामाण्डु र नेपालगन देखि  डिएसएलआर क्यामेरा ल्यायका हौ क्यामरामै दुइ तिन लाख लगानी गरेको बताए |

प्रायः बिदाको दिन शनिबार र आइतबार पर्यटकको निकै भीडभाड हुने गरेको कर्णाली चिसापानीमा करिब पैतालिस छयाली जनाहरुले फोटो ग्राफी गरिरहेका छन् ।अहिले पर्यटकीय गन्तव्यमा फोटो खिचाउने र भिडियो बनाउने टिकटक र फेसबुकमा अबलोड़ गर्ने लहर नै चलेको छ। फोटो खिचेर उहाँहरूको मोबाइलमा पठाइदिएपछि फोटोबापतको रकम प्राप्त हुने उनीहरुले बताए । उनले भने, “कतिपय युवायुवती फोटोकै लागि पनि कर्णाली पुल अवलोकनका लागि आउने गरेको बताए ।

उनीहरुले फोटोको कमाइले मात्रै घरखर्च चलाउन राहत भएको छ | अझै कतिपयले पल्सर देखि बुलेट वाईक सम्म यहि कमाइ बाटनै किनेको बताउछन | पुल अवलोकनका लागि मुलुकका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्।

पहिले केहि दाइहरुले गरेको देख्दा हामीहरु यो पेसामा लाग्यौ र हामि लाग्दा भाइहरु लागे अहिले पछिल्लो समय कुलतमा लाग्याने केटाहरुको संख्या कम रहेको र यसैमा बिजिहुनाले नै गलत बाटोमा लाग्न बाट जोगाएको उनीहरुको भनाइ रहेको छ |

Next Post

कर्णाली प्रदेश सरकारले ल्यायो ३५ अर्ब ३९ करोड बजेट

३१ जेष्ठ २०८३, आईतवार ११:५९
सुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबारको कर्णाली प्रदेशसभा बैठकमा शाहले पेस गरेको बजेटमा आगामी वर्षका लागि चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार (२४.३१ प्रतिशत), पुँजीगततर्फ २० अर्ब ७४ […]