कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्का नियुक्त

  ।   १२ मंसिर २०७७, शुक्रबार २०:०८

मंसिर १२, सुर्खेत ।

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्का नियुक्त भएका छन्।

दैलेख स्थायी घर भएका खड्कालाई प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ। बिहीबार बसेको कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि प्रदेश सरकारले पुण्यप्रसाद रेग्मीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो। तर संघीय सरकारले रेग्मीलाई चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेपछि प्रदेश योजना आयोगमा उपाध्यक्ष पद रिक्त थियो।

सोही रिक्त रहेको पदमा खड्कालाई नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले शुक्रबार जानकारी दिइन्।

यस्तै मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समन्वय विज्ञका रुपमा सुर्खेतका झकबहादुर मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ। मल्ल नेकपाका केन्द्रिय सदस्य हुन्।

बैठकले सल्यानको कुमाख गाउँपालिका र दैलेखको भगवतीमाई गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकार समक्ष स्वीकृतका लागि पठाउने निर्णय पनि गरेको छ।

मन्त्री केसीका अनुसार मन्त्रीपरिषद्को सोही बैठकले समपुरक र विशेष अनुदानतर्फका स्थानीय तहमा सञ्चालित अधुरा आयोजनाहरुका लागि २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने, कर्णाली प्रदेश सुरक्षा मापदण्ड र रणनीति २०७७ स्वीकृत गर्ने, शान्ति अध्ययन तथा घाइते अपाङ्ग केन्द्र स्थापनासम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने र कर्णाली प्रदेशको पर्यटन गुरुयोजनालाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

Next Post

रुकुममा जिप दुर्घटना, ४ जनाको मृत्यु

१२ मंसिर २०७७, शुक्रबार २०:०८
मनाेज डाँगी मंसिर १२, रुकुम पश्चिम रुकुम पश्चिमको आठबिसकाेट नगरपालिका ८ दाजेमा जन्ति बाेकेकाे जिप दुर्घटना हुँदा चार जनाकाे घटनास्थलमै ज्यान गएको छ । आज साँझ राडिबजारबाट जन्ति बाेकेर गएको रा १ झ ५८९ नम्बरकाे जीप राेकेर राखेको समयमा चिप्लिएर दुर्घटना भएको स्थानीयबासिले बताएका छन्। गाडीबाट मान्छेहरु झर्दै गरेको समयमा […]