गेटबाट उठाइएका गाडीलाई चिट काटेर छाडियो

  ।   ३० असार २०८३, मंगलवार ०९:५१

कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनसहित विभिन्न सञ्चारगृहको गेट अगाडि सोमबार शंकास्पद रूपमा पार्क गरिएका गाडीलाई उपत्यका ट्राफिक प्रहरीले अनधिकृत पार्किङको कसुरमा जरिवाना गरेर छाडेको छ । सम्बन्धित गाडीका धनीले सम्पर्क गरेपछि चिट काटेर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले गाडीसँग सम्बन्धित व्यक्ति सम्पर्कमा आएपछि सोमबार कानुनबमोजिम जरिवानाको चिट काटेर गाडी छाडिएको कान्तिपुरसँग पुष्टि गरे । ‘यस किसिमको कारबाही पहिले पनि गरिरहेका हुन्थ्यौं । यो पटकचाहिँ धेरै चर्चा भएपछि सामाजिक सञ्जालमा पनि राखेका छौं,’ उनले भने ।

काफ्लेका अनुसार अवस्थाअनुसार गाडीधनीलाई ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गरिएको छ । ‘बाहिर चर्चा भएका पाँचवटा गाडीसहित अन्य स्थानमा अनधिकृत रूपमा पार्किङ गरिएका १४ वटा गाडीलाई पनि जरिवाना गरेर छाडेका छौं,’ उनले भने ।

World Cup 2026
ads/1440x233ekantipurcomcombinesummerkv-0462026073435.jpg
पार्किङको कसुरमा ट्राफिक प्रहरीले कानुनी कारबाही गरिसकेको भए पनि सञ्चारगृहको गेट नै छेक्ने गरी गाडी राखिनुको उद्देश्यचाहिँ छुट्टै अनुसन्धानको विषय भएको उनले बताए । ‘गाडीहरू कुन नियतले पार्किङ गरिएका थिए भन्ने अनुसन्धानकै विषय हो । हाम्रो तर्फबाट अहिले कानुनबमोजिम कारबाही भएको छ,’ काफ्लेले भने ।

प्रहरीले सुरुमा गाडीमा कुनै विस्फोटक पदार्थ वा शंकास्पद सामग्री राखिएको हुन सक्ने आशंकाका कारण तत्काल हटाउन नसकिएको पनि उनले बताए ।

‘बिहान ती गाडीमा विस्फोटक पदार्थ वा अन्य कुनै शंकास्पद वस्तु राखिएको छ कि भन्ने आशंकाले केही ढिलाइ भएको थियो । पहिले सिभिल प्रहरीले गएर जाँच गरेको थियो,’ उनले भने ।

सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनका गेट अगाडि सवारी आवतजावत नै अवरुद्ध हुने गरी गाडी पार्क गरेर चालकहरू हिँडेका थिए । घटनाका कारण सञ्चारगृहका पत्रकार तथा कर्मचारीलाई कार्यालयबाट बाहिर निस्कन र रिपोर्टिङमा जानसमेत कठिनाइ भएको थियो । केही सञ्चारगृहमा करिब पाँच घण्टासम्म सवारीसाधन आवतजावत प्रभावित भएको थियो ।

यस घटनालाई लिएर नेपाल पत्रकार महासंघले सञ्चारकर्मीलाई त्रसित बनाउने र स्वतन्त्र पत्रकारितामा अवरोध सिर्जना गर्ने प्रयास भएको भन्दै तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न माग गरेको छ । प्रहरीले भने पार्किङ कसुरमा कारबाही गरिसके पनि घटनाको उद्देश्य र संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

कान्तिपुर बाट साबार

Next Post

डा. ऋषिकेशनारायण श्रेष्ठको प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र

३० असार २०८३, मंगलवार ०९:५१
प्रधानमन्त्रीज्यू, तपाईंको सरकारका पहिलो १०० दिनका कार्यसम्पादन र उपलब्धिहरूबारे समीक्षा, चर्चा र टीकाटिप्पणीहरू भइरहेकै बेला सार्वजनिक स्थानमा पिसाब फेरेको घटनाबारे राष्ट्रिय बहस चल्यो। त्यो बहस सेलाउन नपाउँदै, नगर प्रहरीले कानुन कार्यान्वयन गर्ने क्रममा भएको विवादपछिको आत्मदाहबाट भएको दुःखद् मृत्युले सडकदेखि संसदसम्म तीव्र राजनीतिक बहस सिर्जना गर्‍यो। त्यसैबीच, अव्यवस्थित पार्किङको विषयले […]