असोज ३०, रुकुम पश्चिम ।
रुकुम पश्चिममा काेराेना संक्रमणका कारण पहिलोपटक एक जनाकाे ज्यान गएकाे छ । नेपालगन्ज मेडिकल कलेज काेहलपुरमा उपचाररत रुकुम पश्चिम चाैरजहारी १४ निवासी ३३ बर्षका एक पुरुषको काेराेनाका कारणले ज्यान गएको हाे । शुक्रबार बिहान पाँच बजे उनको निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
अस्पतालले एक विज्ञप्ति निकाल्दै मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरमा भर्ना भएका काेराेना संक्रमित उनकाे ज्यान गएको बताएको हाे ।
अस्पतालका अनुसार उनलाइ स्वास्थ समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज अस्पताल काेहलपुरमा गएको असाेज २१ गते भर्ना गरिएकाे थियो ।
काेराेना भाइरस संक्रमितकाे उपचारको लागि गर्नुपर्ने सबै पद्धति अपनाउदा पनि उनको स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार बिहान पाँच बजे निधन भएको अस्पतालले जनाएको छ । यसअघि रुकुम पश्चिममा काेराेनाकाे कारणले कसैको ज्यान गएको थिएन ।


