महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

  ।   १६ जेष्ठ २०८०, मंगलवार १३:५८

जेठ-१६, महोत्तरी । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

Next Post

यसरी खाना खाए शरीरको तौल घटाउन सकिन्छ

१६ जेष्ठ २०८०, मंगलवार १३:५८
पेट घटाउन मन छ तर, एक्सरसाइज गर्न अल्छी लाग्छ अथवा एक्सरसाइज गर्ने समय नै हुँदैन भने तल लेखिएका यी कुराहरुमा ध्यान दिनुहोस् । यसो गर्दा पनि तपाईँंको तौल घट्न सक्छ । हाल अमेरिकामा रहेका चर्चित चकित्सक डा. कल्याण सुवेदीले खाना (आहार) को सन्तुलन मिलाउन जाने तौल घटाउन सकिने उपाय सुझाएका छन् । […]