चट्याङ लागेर वडा सदस्यको मृत्यु

  ।   २१ बैशाख २०७८, मंगलवार ०८:१९

बैशाख २१, बैतडी ।

बैतडीमा चट्याङ लागेर एक जना वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडीदेवलका वडा सदस्य गोविन्दसिंह भण्डारी रहेका प्रहरीले जनाएको छ ।

उनको सोमबार राति ८:३० बजेको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

घर नजिकै रहेको गहुँमकै पिस्ने मिलमा काम गरिरहेको बेला उनलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको उनले बताए ।

Next Post

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

२१ बैशाख २०७८, मंगलवार ०८:१९
काठमाडौं, बैशाख २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे । कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने निर्णय गरेकै भोलिपल्ट बुधबार ओली सहयोगीहरूका साथ देउवा […]