ब्राउन सुगरसहित दुई जना पक्राउ

  ।   १३ असार २०८३, शनिबार १८:२०

कोशी प्रदेश प्रहरीको लागुऔषध विरुद्धको महाअभियानअन्तर्गत आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूका साथबाट प्रहरीले चार ग्राम ११० मिलिग्राम ब्राउन सुगर र बेवारिसे अवस्थामा १२० किलो गाँजा बरामद गरेको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका-३ का २६ वर्षीय विवेक राईलाई दुई ग्राम ८२० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका-१७ कान्छीचोकका २५ वर्षीय निशान कार्कीलाई एक ग्राम २९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उपमहानगरपालिका-२० च्यानडाँडा सिरान सामुदायिक वन क्षेत्रबाट बेवारिसे अवस्थामा कालो प्लास्टिकमा प्याक गरिएको १२० केजी गाँजा बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।

Next Post

माइतीघर मण्माडलामा सुकुमबासीहरुको प्रदर्शन

१३ असार २०८३, शनिबार १८:२०
सुरक्षित पुनर्स्थापना, भू-स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले काठमाडौँको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका छन् । उनीहरूले सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानुन बमोजिम दिगो, उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल […]