माइतीघर मण्माडलामा सुकुमबासीहरुको प्रदर्शन

  ।   १३ असार २०८३, शनिबार १८:३२

सुरक्षित पुनर्स्थापना, भू-स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले काठमाडौँको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका छन् ।
उनीहरूले सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानुन बमोजिम दिगो, उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।
काठमाडौँ । सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

सुरक्षित पुनर्स्थापना, भू–स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरूले शनिबार काठमाडौँको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरूले सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानुन बमोजिम दिगो, उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनर्स्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानुन बमोजिम उपयुक्त स्थानमा भू–स्वामित्वसहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन् ।

प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीका तर्फबाट दलमर्दन कामीले होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाब दिँदा मानसिक तनाव उत्पन्न भएको बताए । उनले सरकारका विभिन्न निकाय र प्रहरीहरूले २५ हजार बुझेर होल्डिङ सेन्टर छाड्नका दबाब दिएको उल्लेख गरे ।

उनले आफूहरूलाई सरकारले सडकमा अलपत्र पार्न खोजिएको भन्दै तत्काल उचित व्यवस्थापन गर्न माग गरे । प्रदर्शनमा सहभागीहरूले डोजर होइन, समाधान दे, जनता मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन, गरिब माथिको ज्यादती बन्द गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरू आन्दोलित भएका हुन् ।

Next Post

भोलिदेखि कर्णाली प्रदेश स्तरीय ‘पञ्चकोशी कप

१३ असार २०८३, शनिबार १८:३२
कर्णाली प्रदेश स्तरीय भलिबल प्रतियोगिता ‘पञ्चकोशी कप-२०८३’ आइतबारदेखि दैलेखको दुल्लुमा सुरु हुँदैछ। आइतवार उद्घाटन हुने  उक्त प्रतियोगितामा कर्णाली प्रदेशका १० जिल्लाका उत्कृष्ट टोलीहरूको सहभागिता रहने र  प्रतियोगितामा यस पटक आकर्षक पुरस्कार राशी राखिएको बताइएको छ। आयोजक कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैँया, […]