मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका काठमाडौंमा बस्दै आएका गणेश नेपालीकोआत्मदाह गरेको घटनाको बिरुद्ध जनपक्षीय ट्रेड युनियन महासंघले पछिल्लो समय देशमा भएका आत्मदाहका घटनाहरूलाई लिएर माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले वि.सं. २०७८ सालमा प्रेम आचार्यलाई आत्मदाह गर्न बाध्य पार्ने देउवा, ओली र प्रचण्ड दोसी भएको आरोप लगाउदै
उनीहरूले गणेश नेपालीको आत्मदाहको परिस्थिति सिर्जना गर्ने सरकार बालेन, रवि र स्वर्णिम भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
काठमाडौँको माइतीघर मण्डलामा ट्रेड युनियन महासंघले विरोध प्रदर्शन गरेको छ। पछिल्लो समय देशमा भएका आत्मदाहका घटनाहरूलाई लिएर महासंघले वर्तमान र पूर्व राजनीतिक नेतृत्वविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएकाहरूले वि.सं. २०७८ सालमा प्रेम आचार्यलाई आत्मदाह गर्न बाध्य पार्ने ‘श्री ३’ देउवा, ओली र प्रचण्ड भएको आरोप लगाए। त्यसै गरी आज गणेश नेपालीको आत्मदाहको परिस्थिति सिर्जना गर्ने अर्को ‘श्री ३’ सरकार बालेन, रवि र स्वर्णिम भएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।
