छोरा हत्या अभियोगमा कारागारमा रहेका सिंघकको मृत्यु

  ।   १३ असार २०८३, शनिबार १८:०२

छोरा हत्या अभियोगमा पुर्पक्षका लागि पाँचथर कारागारमा रहेका एक अभियुक्तको उपचारका क्रममा मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बा निवासी ५२ वर्षीय बखतबहादुर सिंघकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

करिब दुई साताअघि बिरामी परेका उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल पठाइएकोमा थप जटिल बनेपछि चिकित्सकले उनलाई धरान रेफर गरेका थिए । शनिबार प्रतिष्ठान पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) अनिशकुमार कर्णले जानकारी दिए । उनका अनुसार उनको मुटु र रगतसम्बन्धी समस्या रहेको बताइए पनि यथार्थ कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्नेछ । शव परीक्षण गरेर अन्त्येष्टिका लागि आफन्तलाई बुझाइएको छ ।

गत कात्तिकमा १९ वर्षीय छोरा सफल सिघंकको गोली प्रहार गरी हत्या गरेको अभियोगमा बखतबहादुर पक्राउ परेका थिए । घटनापछि प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । अदालतको आदेशपछि उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

Next Post

केपी ओलीले मानवअधिकार आयोगमा पठाएको पत्रमा के छ

१३ असार २०८३, शनिबार १८:०२
  एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगसँग जेनजी आन्दोलनबारे आयोगले जारी गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका छन् । ओलीले पठाएको निवेदनमा आगजनी गर्ने र संवैधानिक अङ्गहरूलाई समाप्त गर्न उत्तेजना फैलाउन संलग्न व्यक्तिको विषयमा आयोगको प्रतिवेदन मौन रहेको उल्लेख छ । आयोगले संविधान र कानून विपरीत कारवाहीको […]