प्रादेशिक अस्पताल विवाद टुङ्गोमा सेवाप्रवाहा प्रभाव कारि बनाउनेमा दुबै पक्ष सहमत

  ।   १३ असार २०८३, शनिबार १०:०४

​लम्कीचुहा प्रादेशिक अस्पतालको  सिर्जित विवाद र असमझदारी अन्ततः दुवै पक्षबीचको आपसी सहमति र प्रतिबद्धतापछि साम्य भएको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय (धनगढी, कैलाली) मा आयोजित एक उच्चस्तरीय बैठकमा लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाही र लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (निमेसु) डा. कमलेश प्रसाद यादवबीच सौहार्दपूर्ण वातावरणमा आपसी सुमधुर सम्बन्ध स्थापित गर्ने सहमति भएको हो।
​विगत केही समयदेखि अस्पतालको व्यवस्थापन र आन्तरिक विषयहरूलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी र विषयहरू बाहिरिएका थिए, जसले गर्दा स्थानीय स्तरमा केही अन्योलता सिर्जना गरेको थियो। बैठकमा ती विषयहरूलाई अनावश्यक रूपमा अतिरञ्जित नगरी स्थानीय स्वास्थ्य संस्थाको गरिमालाई उच्च राख्न दुवै पक्ष सहमत भएका हुन
​विवादलाइ  किनारा लगाउन र अस्पतालको सेवा प्रवाहलाई चुस्त बनाउन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री बेलबहादुर रानामगर र प्रदेश सभा सदस्य दिवानसिंह विष्टको विशेष समुपस्थिति र रोहवरमा यो वार्ता र सहमति भएको हो।
​बैठकमा दुवै पक्षले अस्पताल जस्तो संवेदनशील क्षेत्र र कार्यस्थललाई पूर्ण रूपमा सुरक्षित, मर्यादित र राजनीतिक एवं सामाजिक हस्तक्षेप मुक्त वातावरण प्रदान गर्ने प्रतिबद्धता जनाएका छन। आपसी संवाद र सहकार्यका माध्यमबाट अस्पतालको सेवालाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा दुवै नेतृत्व एकमत देखिएका छन्।
​यो सहमतिसँगै लम्कीचुहा प्रादेशिक अस्पतालको सेवा प्रवाह अझ विश्वसनीय ढंगले अघि बढ्ने र स्थानीय नागरिकले ढुक्कसँग गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिइएको छ।

Next Post

उत्साह, असन्तुष्टि र सम्झौतासहितको रास्वपाको महाधिवेशन सम्पन्न

१३ असार २०८३, शनिबार १०:०४
सत्तारुण दल राष्ट्रिय   स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनले पार्टीलाई राजनीतिक र सांगठनिक रूपमा संस्थागत गर्दै नयाँ नेतृत्व चयन संगै महाधिवेशन सम्पन्न गरेको छ। उत्साहका साथ सुरु भएको महाधिवेशन अन्त्यसम्म पुग्दा केही व्यवस्थापकीय अव्यवस्थाको उदाहरण बने पनि यसले पार्टीभित्रको सांगठनिक प्रणाली र लोकतान्त्रिक जगलाई मजबुत रूपमा स्थापित गराएको छ। […]