श्रीमानले बलात्कार गरेको भन्दै श्रीमतीले दिइन उजुरी

  ।   ११ मंसिर २०७७, बिहीबार १३:१०

मंसिर ११, बर्दिया ।

बर्दियामा एक महिलाले आफ्नै श्रीमान विरुद्ध बलात्कारको उजूरी प्रहरी कार्यालयमा दर्ता गराएकी छन् । उजूरीपछि प्रहरीले बाँसगढी नगरपालिका –९ माछागढका ४४ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

ति पुरुषले आफ्नी ४१ वर्षीय श्रीमतीलाई बलात्कार गरेको आरोप लागेको छ । श्रीमतीले श्रीमानले कुटपिट गरेर बलात्कार गरेको भन्दै उजूरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका लागि पुरुषलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाकारी दिएको छ । पक्राउ परेका पुरुषकाे नाम भने प्रहरीले सार्वजनिक गरेकाे छैन ।

Next Post

बलात्कार आरोपमा ५४ वर्षिय कालो ओली पक्राउ

११ मंसिर २०७७, बिहीबार १३:१०
मनोज डाँगी मंसिर १२, सल्यान । सल्यानको बागचौर नगरपालिका बस्ने एक महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एक जनालाई नियन्त्रणमा लिएको छ । बलात्कार गरी गर्भवती भएको केही समयपछि पीडितको जाहेरीका आधारमा ५४ बर्षिय कालो ओलीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले शुक्रबार पक्राउ गरी जिल्ला अदालत सल्यानबाट १५ दिनको […]

सम्बन्धित