एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

  ।   १३ असार २०८३, शनिबार ०७:२६

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।
शुक्रवार उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागी पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएपी) अनुपम शमशेर जबराले बताए ।

हात्तीगौंडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर शेर्पाले लाभ लिएको आरोप छ । विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा उनले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्‍याएको कसुरमा अनुसन्धान भइरहेको पनि एसएसपी जबराले बताए ।

विद्यालयलाई अनुचित हानि गर्ने नियतले उनले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको सीआईबीको अनुसन्धानबाट थाहा भएको छ । विद्यालयका लागी सवारी साधन खरिद गर्ने रकमबाट उनले आफू सम्बद्ध कम्पनीको नाममा जग्गा र सवारी साधन खरिद गरेर विद्यालयको हक टुटाएको आरोप छ । विद्यालयको रकम हिनामिना गरेर आफूले लाभ लिएर उनले ठगी र अपराधी विश्वासघात कसुर गरेको भन्दै सीआईबीमा उजुरी परेको थियो ।

कांग्रेसमा आबद्ध शेर्पा विरुद्ध दुई वर्षअघि नै जाहेरी परे पनि प्रहरीले उजुरी दर्ता गरेको थिएन । अदालतले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाउन आदेश दिएसँगै सीआईबीले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।

Next Post

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

१३ असार २०८३, शनिबार ०७:२६
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा एक कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतीय नम्बर पिलेताको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई […]