कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

  ।   १३ असार २०८३, शनिबार ०७:३२

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा एक कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ ।

भारतीय नम्बर पिलेताको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा चितवनमा आज बिहान मृत्यु भएको हो।

Next Post

भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार

१३ असार २०८३, शनिबार ०७:३२
भेनेजुएलामा आएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ९२० जनाको मृत्यु भएको छ भने १७२ जना अझै भग्नावशेषमा पुरिएको अनुमान छ। भूकम्पबाट प्रभावित ला गुइरा क्षेत्रबाट २४३ जनाको जीवितै उद्धार गरिएको छ भने सयौँ भवनहरू ध्वस्त भएका छन्। अन्तर्राष्ट्रिय उद्धार टोलीहरू भेनेजुएलामा आइपुगेका छन् र अमेरिकाले १५ करोड डलर सहायता घोषणा […]