
मनोज डाँगी
असोज २३, दाङ ।
दाङ प्रहरीले गढवा गाउँपालिका-१, धानखोलास्थित सडकबाट ४ ग्राम ३ सय ८० मिलिग्राम अवैध लगूऔषध (ब्राउनसुगर)सहित २ जनालाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३, डुम्बरगाउँ बस्ने २१ वर्षीय गणेश रोका र सोही ठाउँ बस्ने २३ वर्षीय रमेश सुनार रहेका छन् ।
ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलिले रा.१ प ४०५७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनार र मोटरसाइकल सवार रोकालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
युबकहरु माथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
