असोज २० दाङ ।
दाङमा मोटरसाईकल दुर्घटना हुँदा शान्तिदिप प्राविधिक शिक्षालयका प्रिन्सिपलको मृत्यु भएको छ । तुलसीपुरको शान्तिदिप प्राविधिक शिक्षालयका प्रिन्सिपल २९ वर्षीय वसन्त भण्डारीको ज्यान गएको हो । सल्यानको छत्रेस्वरी गाउँपालिका ५ नुवागाउँका उनि दाङ तुलसीपुर ६ गुम्ह्राहचोकमा बस्दै आएका थिए । सोमबार राति १२ बजेतिर तुलसीपुर ८ अश्वाराबाट तुलसीपुर तर्फ आउदै गरेको रा ५ प ४७५९ नम्वरको मोटरसाईकल गहतेखोला पुलमा दुर्घटना हुँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
सोहि दुर्घटनामा परि मोटरसाईकलमा सवार दंगीशरण गाउँपालिका वडा नम्वर ६ श्रीगाउँ निवासी २६ बर्षिय गोविन्द केसी घाईते भएका छन् । मोटरसाईकल गहतेखोला पुलबाट तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।

