
रुकुम पश्चिम ।
कोरोना भाइरसको कारण लामो समयसम्म बन्द भएका रुकुम पश्चिमका प्राविधिक शिक्षालयहरु खुल्न थालेका छन् । स्वास्थ्य सतर्कता अपनाई बिद्यालयहरु सञ्चालन गर्न थालिएको सम्वन्धित ब्यक्तिहरुले जानकारी दिएका छन् ।
रुकुम पश्चिमकै पुरानो अनि एक मात्र बहु आयामिक शैक्षिक संस्था टि.एन.टी. टेक्निकल कलेज लामो समयदेखि कोरोना प्रभावका कारण बन्द रहेका विभिन्न कम्प्युटर कक्षाका साथै सिटिइभिटिका कक्षाहरु पनि सम्पूर्ण स्वास्थ्य सम्बन्धि साबधानी अपनायर असोज १५ गते देखि नयाँ भर्ना खुल्ला गरेको बताएको छ ।
छोटो तालिमका बिषयहरु साथै कम्प्युटर सम्बन्धि कोर्ष ब्रिज कोर्ष, कक्षा, अंग्रेजी भाषा सञ्चालन गर्दै आएकोे उक्त शिक्षालयमा इन्टरनेटको पनि सुविधा रहेकोले आबश्यक परेमा अनलाइन मार्पmत पनि अध्यापन गर्ने तयारी रहेको कलेजका प्रबन्ध निर्देशक तिलक डाँगी ले जानकारी दिनुभएको छ् । यसका अलावा जिल्लाका अन्य विद्यालयहरु पनि खुल्न थालेको बताईएको छ ।
