दाङमा ५ लाख बढी नगदसहित १८ जना जुवाडे पक्राउ

  ।   १७ आश्विन २०७७, शनिबार १५:१३

मनोज डाँगी, दाङ ।

दाङमा ५ लाख बढी नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले पुर्वमा राप्ती गाउँपालिकाबाट १० जना र पश्चिमको बबई गाउँपालिकाबाट ८ जना गरी १८ जना जुवाडेलाई जुवाखालबाटै पक्राउ पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा प्रहरीले पुर्वमा राप्ती गाउँपालिका वडा नम्बर ८ सिसहनिया बजारको दर्शन खाजा घरको कोठाबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती–७ का ३७ वर्षिय दिपेन्द्रविक्रम शाह, राप्ती–५ का २९ वर्षिय मोहन गाहामगर, रोल्पाको सुनिलस्मिृति गाउँपालिका वडा नम्बर ७ का २८ वर्षिय नारायण रोकामगर, राप्ती गाउँपालिका वडा नम्बर ८ का ३० वर्षिय श्याम गुरुङ रहेका छन् । त्यसैगरी राप्ती–२ का २८ वर्षिय बसन्त बेलबासे, वडा नम्बर ४ का ३० वर्षिय लक्ष्मण गिरी, वडा नम्बर ५ का ३० वर्षिय छोटेलाल चौधरी, वडा नम्बर ८ का ४५ वर्षिय बेलसिंह भैयामगर र वडा नम्बर २ का ३८ वर्षिय युवराज बुढा पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेका उनिहरुको साथबाट २ लाख ६० हजार १२५ नगद र ४६ गड्डी तास बरामद गरेको छ ।

यस्तै प्रहरीले पश्चिम दाङको बबईबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले बबई गाउँपालिका वडा नम्बर ३ धनुबास स्थित केशब भन्ने केशकुमार विकको घरमा जुवा खेलिरहेको अवस्थामा २ लाख ६१ हजार ९९० नगदसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घर धनि केशकुमार बिक, सोहि ठाँउका ४३ वर्षिय लोकबहादुर खड्का, ४९ वर्षका पर्साराम बिक, २४ वर्षका शेरबहादुर बिक र प्रेम पुन, बबई–४ सुन्दरखालका ३२ वर्षिय बिमल भन्ने बिनबहादुर घर्ती, २९ वर्षका बिक्कि नेपाली र २९ वर्षिय भिमबहादुर भन्ने भाइलाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुमित खड्काले बताउनुभयो । कोरोना महामारीमा पनि जुवाडेहरु पछिल्लो समय सक्रिय भएका छन् । प्रहरीले जुवा खेलिरहको स्थानबाट नगदसहित जुवाडे पक्राउ गर्न थालेको हो ।

Next Post

प्रदेशसभा घेराउ गर्ने रूपन्देही कांग्रेसको निर्णय

१७ आश्विन २०७७, शनिबार १५:१३
बुटवल । प्रदेश राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलन घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको वैठकले सरकारको प्रस्तावविरुद्ध भोलि आइतबाररुपन्देही बन्द गरी वृहत प्रदर्शन गर्ने निर्णय गरेको छ । १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र […]